बाल सुधारगृहका बालबिज्याइँकर्तालाई कानुनी परामर्श
gorkhapatraonline.com · Sat Jun 06 14:52:46 GMT 2026

बाँकेको बैजनाथ ३ स्थित नौबस्ता बाल सुधारगृहमा रहेका कानुनी विवादमा परेका बालकहरु (बालबिज्याइँकर्ता)लाई कानुनी परामर्श प्रदान गरिएको छ । एडभोकेसी फोरम नेपाल र नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूको संयुक्त टोलीले स्थलगत अवलोकन गर्नुका साथै कानुनी परामर्श प्रदान गरिएको हो ।
नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन २०७५ र बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको भावनाअनुरूप कानुनी विवादमा परेका बालबालिकाहरूको संरक्षण, सुधार, पुनःस्थापना र समाजमा पुनर्मिलन गराउने उद्देश्यका साथ यो अनुगमन गरिएको एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)