काठमाडौं–कलिङ्ग साहित्य महोत्सव सुरु
newsofnepal.com · Sat Jun 06 14:56:23 GMT 2026

काठमाडौं, दक्षिण एसियाली साहित्य, संस्कृति र बौद्धिक संवादलाई नयाँ उचाइमा पुर्याुउने उद्देश्यसहित चौथो संस्करणको ‘काठमाडौं–कलिङ्ग साहित्य महोत्सव’ शुक्रबार ललितपुरस्थित होटल हिमालयमा सुरु भएको छ । ‘बियन्ड बोर्डर्सः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ भन्ने मूल विषयसहित आयोजित दुईदिने महोत्सवको उद्घाटन पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गरिन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महोत्सवकी निर्देशक रञ्जना निरौलाले साहित्य केवल शब्द र पुस्तकमा सीमित नहुने बताइन् । साहित्य विचार, संस्कृति, स्मृति, संवेदना र मानवीय सम्भावनाको साझा उत्सव भएको उल्लेख गर्दै उनले महोत्सवलाई मानिस–मानिसबीच आत्मीयता र आपसी समझदारी विस्तार गर्ने साझा मञ्चका रूपमा चित्रित गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)