सुर्खेतका वादी बस्तीमा खानेपानीको हाहाकार
shilapatra.com · Thu Jun 04 02:12:09 GMT 2026

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ र लेकबेशी नगरपालिकाको सिमावर्ती क्षेत्रमा यति बेला झन्डै ६ अर्ब बढी लागतको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना धमाधम अघि बढिरहेको छ । कर्णाली प्रदेशको राजधानीको मुकाम वीरेन्द्रनगर नगरपालिकामा आगामी सन् २०५० सम्म वृद्धि हुनसक्ने जनसंख्यालाई दिगो खानेपानीको पहुँच स्थापित गर्न भेरी लिफ्ट खानेपानी आयोजना अबको एक वर्षभित्र पूरा हुँदै छ ।
स्वच्छ खानेपानी र सरसफाइका क्षेत्रमा रणनीतिक महत्त्व राख्ने आयोजना धमाधम अघि बढिरहँदा आयोजनासँगै जोडिएको झुप्रा खोलाको वादी समुदायमा भने काकाकुल छ । संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । संविधानको धारा ३५(४) अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)