मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ऐतिहासिक उपलब्धिका आयाम

gorkhapatraonline.com · Thu Jun 04 02:15:26 GMT 2026

भेनेजुएलामा अमेरिकी सैनिक कारबाही भएको छ महिना भएको छ । जनवरी २०२६ को आरम्भमै भएको त्यस घटनामा अमेरिकी सेनाको एक डफ्फाले राजधानी काराकासस्थित राष्ट्रपति निवासलाई निसानामा पारेको थियो । आधारातमा राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई ओछ्यानबाट उठाएर अपहरणको शैलीमा विमानद्वारा न्युयोर्क पु‍¥याइएको थियो । मदुरोलाई लागुऔषध कारोबारसमेतको मुद्दा लगाएर बन्दी बनाइराखिएको छ ।

अमेरिकी सरकारले त्यस घटनालाई ‘कानुन कार्यान्वयनको कारबाही’ भन्ने गरेको छ । त्यो स्वतन्त्र देशको सार्वभौमिकता उल्लंघन भएको घटना थियो । यसबारे संयुक्त राष्ट्रसंघमा आवाज पनि उठेको हो, किन्तु ‘भिटो पावर’ भएको शक्तिराष्ट्रले आलोचनाका स्वरहरूलाई निरन्तर बेवास्ता गर्दै आएको छ । मदुरोको गिरफ्तारीको लगत्तैपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अब क्युबाको पालो’ आउँदै छ भनेर सार्वजनिक रूपमै चेतावनी दिएका थिए । त्यसबाट राजधानी हभानास्थित सरकार झस्किने नै भयो । सिङ्गो देश क्युबाका एक करोड १० लाख बासिन्दा आतङ्कित र भयभीत भए, अझै भयमुक्त छैनन् । अमेरिकाले लगाएको नवीनतम आर्थिक नाकाबन्दीको असर त्यहाँको व्यापार–व्यवसाय र जनजीवनमा टड्कारै देखिन्छ । दैनिक २०–२२ घण्टासम्म बिजुलीको आपूर्ति रोकिँदा कुन अवस्था हुन्छ, त्यसको अनुमान सहजै गर्न सकिन्छ । घर–व्यवहार, उद्योगधन्धा सबै क्षेत्र प्रभावित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)