मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मधेशमा मन्त्री व्यवस्थापन गर्न  थपिएको खेलकुद मन्त्रालय कामविहीन

nayapatrikadaily.com · Thu Jan 04 00:21:00 GMT 2024

मन्त्रालय टुक्र्याएको झन्डै चार महिना हुन लाग्दा पनि अहिलेसम्म मन्त्रालयको खातासमेत खुल्न सकेको छैन । न दरबन्दीअनुसार कर्मचारी नै छन् । खेलकुद मन्त्रालयका सचिव चूडामणि फुँयालका अनुसार कार्पेट, कुर्सी, टेबुल, फर्निचर, पर्दालगायत व्यवस्थापन पनि उधारोमा गरिएको छ । मन्त्रालयको आफ्नै खाता सञ्चालन नभएको र बजेट चलाउने पिएलएमबिएस कोड पनि अर्थ मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट उपलब्ध हुन नसकेको उनले बताए ।

मधेश प्रदेशमा विनाविभागीयमन्त्रीलाई व्यवस्थापन गर्न चार महिनाअघि तत्कालीन शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर थप गरिएको खेलकुद तथा समाज कल्याण मन्त्रालय कामविहीन बनेको छ । मन्त्री, सचिव र अन्य कर्मचारी दैनिक मन्त्रालय पुगे पनि बजेट अभावमा कुनै काम गर्न सकेका छैनन् । यतिसम्म कि मन्त्री चढ्ने गाडीको इन्धनदेखि मन्त्रालयको दैनिक चियापानी खर्च पनि उधारोमा चलिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)