पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा निषेध प्रयास
rajdhanidaily.com · Sat Jul 19 23:12:45 GMT 2025

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण ‘होल्ड अफ’ मा राखेको छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता नवीकरण गरेको बताउँदै सक्रिय राजनीतिमा आएको उद्घोष गरेकी थिइन् । तर पार्टीले उनको सदस्यता नवीकरण गर्ने–नगर्ने ’boutमा निर्णय गर्न बाँकी छ । गत १४ असारमा भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी थिइन् । त्यसपछि पार्टीको नेतृत्व लिनेगरी सक्रियता बढाउँदै गर्दा उनको सदस्यता नवीकरण गर्र्ने कि नगर्र्ने भन्ने ’boutमा पार्टीले निर्णय गरेपछि मात्रै लागू हुनेछ ।
एमाले सचिवालय बैठकको भोलिपल्टै शुक्रबार र शनिबार पोलिटब्युरो कमिटीको बैठक बसेको थियो । सोमबार (५ साउन) देखि केन्द्रीय कमिटीको बैठक बस्दै छ । सचिवालय र पोलिटब्युरो दुबै बैठकमा भण्डारीको सदस्यता नवीकरणको ’boutमा आवाज उठेको थियो । पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन हुने–नहुने ’boutमा गर्मागर्मी बहस एमालेमा चलिरहेको छ । उनको सदस्यता नवीकरणको ’boutमा छिनोफानो अब बस्ने केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)