७२ जिल्लामा फैलियो डेंगी, मुलुकभर १२ सयभन्दा बढी संक्रमित
ekantipur.com · Wed Jun 19 17:23:43 UTC 2024

काठमाडौँ — मुलुकभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगी संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ । यो तथ्यांक २०२४ जनवरी १ देखि बुधबारसम्मको हो ।
महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगीको संक्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)