नवनियुक्त प्रधानमन्त्री जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुग्दा जे देखियो...
ukeraa.com

काठमाडौं : जेनजीको दुई दिने आन्दोलनपछि उनीहरूकै मागअनुसार शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले शनिबार अस्पताल पुगेर घाइतेहरूलाई भेटिन्। उनले पुराना नेताहरूकै शैलीमा घाइतेलाई भेटेर सुधार गर्ने आश्वासन र सान्त्वना दिइन्।
राष्ट्रिय ट्रमा सेन्टरमा घाइते भेट्न पुग्नु अघि शनिबार दिउँसो सञ्चारमाध्यमको बाक्लो भीड थियो। ट्रमा सेन्टरको आकस्मिक कक्ष अगाडि उनको फोटो र भिडियो खिच्न नेपाली मात्र होइन विदेशी मिडिया पनि अग्रभागमै देखिन्थे। अस्पतालका कर्मचारी र सर्वसाधारण पनि उत्तिकै थिए। सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)