मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्ती नदीका उच्च जोखिमयुक्त चार स्थानमा तटबन्ध निर्माण सुरु

gorkhapatraonline.com · Thu Jun 04 02:36:56 GMT 2026

चितवन र मकवानपुरको राप्ती नदीले कटान गर्ने उच्च जोखिमयुक्त चार स्थानमा तटबन्ध निर्माण कार्य सुरु भएको छ । मकवानपुर हुँदै चितवनको नारायणी नदीमा मिसिने राप्ती नदीले हरेक वर्ष तटीय क्षेत्रमा कटान गर्दै आएपछि जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण सुरु गरिएको हो ।

मकवानपुर र चितवनका विभिन्न स्थानमा नदी कटानका कारण बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्ने गरेको छ । वर्षौंदेखि तटबन्ध निर्माणको माग उठ्दै आए पनि कार्यान्वयन हुन सकेको थिएन । अहिले दुवै जिल्लाका प्रमुख कटान क्षेत्र पहिचान गरी काम सुरु गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)