मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन

thahakhabar.com

माघ शुक्ल पक्ष पञ्चमी तिथि। श्रीपञ्चमी वा वसन्तपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्छन्।

यो दिन विद्यार्थीले पुस्तक र कलम, कलासाधकले कला सामग्री तथा संगीत साधकले वाद्ययन्त्रको पूजा गरी सरस्वतीको आराधना गर्छन्। साना बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)