क्रिकेटमा लगातर हार, कहाँ भयो कमजोरी ?
rajdhanidaily.com · Wed Feb 28 23:14:11 GMT 2024
काठमाडौं । कीर्तिपुर विश्वविद्यालय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा बुधबार नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग मात्रै २ रनले पराजित हुँदा आम नेपाली दर्शक चुकचुकाए । नेपालले ब्याट र बल दुबैमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि मौकालाई सदुपयोग गर्न नसक्दा अन्ततः लचिलो डचसँग पराजित हुन पुगेको थियो ।
शृखलाको पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालको यो शृंखलामा लगातार दोस्रो हार हो । दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले पनि नेदरल्यान्ड्सले दिएको लक्ष्य पछ्याउन नेपाल असफल भयो । १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालको इनिङ्स २० ओभरमा आठ विकेट गुमाएर १८२ रनमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)