वर्षाका कारण २४ घण्टामा घटे ५८ घटना, ३ जनाको मृत्यु
himalpress.com · Sun Jul 19 08:03:32 GMT 2026

काठमाडौँ – साउन २ गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण देशभर ५८ वटा घटना भएका छन् । बाढी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ ।
पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्का घटनामा परेर ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीका कारण खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ घर भएकी ४३ वर्षीया शान्ता राई र कोपिलासगढी गाउँपालिका–४ घर भएका ७१ वर्षीय पर्शुराम परियारले ज्यान गुमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)