भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल, सुरुवातमा दुई विकेटको क्षति
nepalviews.com · Thu Jun 04 02:55:13 GMT 2026
काठमाडौं । मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भइरहेको खेलमा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा भुटानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।
खेलको सुरुवाती चरणमै भुटानी बलरहरूले आक्रामक प्रदर्शन गर्दै नेपाललाई दबाबमा राखेका छन्। दुई ओभरको खेल समाप्तिसम्ममा नेपालले आफ्ना महत्त्वपूर्ण दुई विकेट गुमाइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)