जिपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
gorkhapatraonline.com · Thu Dec 18 18:03:47 GMT 2025

बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज साँझ ६ः०० बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जीपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका पाँच वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)