मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुरावासीलाई बाउलीकै त्रास

gorkhapatraonline.com · Thu Jun 04 03:05:43 GMT 2026

बाजुरावासीलाई बर्खा लाग्नेबित्तिकै मार्तडी–कोल्टी सडक अन्तर्गतको बाउलीखोलाको त्रास बढ्ने गरेको छ । बाउलीखोला हिउँदमा सानो भए पनि बर्खाको समय भने निकै उर्लेर आउने गर्छ । यसमा पुल नहुँदा बर्खाको समय वारपार गर्दा धेरैले अकालै ज्यान गुमाउने गरेका छन् ।

मार्तडीबाट कोल्टीसम्म आउजाउ गर्नका लागि यहाँका स्थानीयले यही खोला तरेर जानुपर्ने हुन्छ । लामो समयदेखि यो खोलामा पुल निर्माण नहुँदा यहाँका बासिन्दालाई बर्खाको समय खोला वारपार गर्दा सधैँ त्रसित हुनु पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)