प्रदेश सभामा विधेयकमाथि सामान्य छलफल
gorkhapatraonline.com · Thu Jun 04 03:11:56 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा टेबुल गरेका दुई वटा विधेयककोे सैद्धान्तिक पक्षमाथि सामान्य छलफल गरिएको छ ।
प्रदेश सभाको बुधबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेश बडघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिएको हो । सामाजिक विकासमन्त्री मेघराज खड्काले विधेयकको सैद्धान्तिक पक्षमा सामान्य छलफलका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)