मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिखु–४ जलविद्युत्को वातावरणीय बजेटमा चलखेल

annapurnapost.com · Thu Jun 04 03:03:58 GMT 2026

ओखलढुंगा : २९.१ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाले २०७८ कात्तिक २१ देखि व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ। आयोजना निर्माण र सञ्चालनका क्रममा स्थानीय क्षेत्रमा पर्ने वातावरणीय तथा सामाजिक प्रभाव न्यूनीकरण गर्न वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र सामाजिक उत्तरदायित्वअन्तर्गत करोडौं रुपैयाँ विनियोजन गरिएको थियो।

स्थानीय बासिन्दाले आयोजनाका कारण घरहरू भत्किएको, प्राकृतिक पानीका मुहान सुकेको र सडक जीर्ण बनेको भन्दै निरन्तर गुनासो गरेपछि खिजीदेम्बा गाउँपालिकाले २०८३ जेठ ५ गते कम्पनीसँग खर्चको आधिकारिक विवरण माग गरेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर खनालले २०८३ जेठ ७ गते गाउँपालिकालाई बुझाएको जवाफ र खर्चको विवरण सूक्ष्म रूपमा केलाउँदा प्रभावित क्षेत्रका वास्तविक पीडितलाई पाखा लगाई वडाध्यक्षहरूको सिफारिसमा पहुँचवाला व्यक्तिहरूलाई सिधै भुक्तानी दिएर करोडौं रुपैयाँ ‘नीतिगत रूपमा लुट’ गरिएको तथ्य फेला परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)