मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षाको बाटो बन्द नगर !

baahrakhari.com · Thu Jun 04 03:14:37 GMT 2026

यसै महिनाको पहिलो साता सडक डिभिजन काठमाडौंबाट एउटा पत्र पठाइयो । सार्वजनिक महत्त्व र चासोको विषयको पत्र भएकाले यसको उल्लेख गर्नु कानुनविपरीत नहोला । पत्र चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकालाई सम्बोधन गरिएको थियो र त्यसले सम्बन्धितहरूलाई जानकारीस्वरूप पठाइदिने धर्म निभाएको थियो । पत्रको विषय ‘थानकोट–चित्लाङ सडक निर्माण सुधार कार्य सञ्चालन भइरहेकोमा १४ दिनका लागि पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्णरूपले बन्द हुने’ भन्ने थियो । यो सडक भनेको काठमाडौं उपत्यकादेखि चन्द्रागिरि पर्वत (उचाइ २,५५० मिटर) भएर कुलेखानी हुँदै मधेस झर्ने ऐतिहासिक बाटो हो ।

थानकोट, राजधानी भित्रिँदा जाँच गर्ने प्रहरी चौकी हो । अहिले पनि अधिकांश सवारीसाधनहरू यसै चौकी भएर भित्रिन्छन् तर जाँच भने माथि नागढुङ्गातिर सरेको छ । राजधानीपारिको चित्लाङ परापूर्वकालदेखि बसेको बजार हो । अंशुवर्मा (शासनकाल ई.सं. ६०५–६२१) द्वारा ठड्याइएको शिलालेख अहिले पनि त्यहाँ छ । बजार र बस्तीमा उही बेलातिर निर्माण भएका बुद्धकालीन चैत्यहरू पनि देख्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार तिनै चैत्य ‘वनेगु लाँ’ (नेपाल भाषामा चैत्य जाने बाटो) अपभ्रंश भएर 'चित्लाङ' भनिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय