मधेश सरकारले साढे तीन करोड दिने घोषणा गरेपनि किन खुसी छैनन् मधेश आन्दोलनका सहिद परिवार ?
barnanmedia.com · Sat Jan 18 21:46:08 GMT 2025

मधेश आन्दोलनको १८ वर्ष पुगेको छ। मधेश केन्द्रित दलले शनिबार बलिदानी दिवस मनाए। मधेश आन्दोलनको बलमा मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रमक व्यवस्थामा गएको भन्दै मधेश सरकारको पहिलो मन्त्रिपरिषद वैठकबाट माघ ५ लाई बलिदानी दिवसको रूपमा मनाउने औपचारिक निर्णय भएको थियो। सोही अनुसार मधेश सरकारले शनिबार दिवस मनायो।
मधेश शहीद प्रतिष्ठानले जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरेको सातौं बलिदानी दिवसमा भने सहिद परिवारका सदस्य खुसी भएनन्। बरु खादा र आउनेजाने भाडा स्वरुप दिएको रकम फाले। सहिद तथा घाइते परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै भाडाबापत १ हजार दिंदा आक्रोशित बनेका हुन्। केही सहिद परिवारले दोसल्ला र रकम फाले ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)