कलेजबाट घर फर्किरहेका श्रेयमलाई बानेश्वरमा गोली लागेको थियो
ekantipur.com · Sat Sep 13 17:51:36 GMT 2025

इटहरी — श्रेयम (श्रीराम) चौलागाईं, इटहरी : इटहरी स्थायी घर भएका १९ वर्षीय श्रेयम (श्रीराम) चौलागाईं बानेश्वरस्थित ग्लोबल कलेजमा व्यवस्थापन विषयमा कक्षा १२ मा अध्ययनरत थिए । सोमबार जेन–जीले आन्दोलन घोषणा गरेपछि ग्लोबल कलेजले आफ्ना सबै विद्यार्थीलाई कलेजकै गाडीमा घर फर्कने व्यवस्था मिलाएको थियो ।
चौलागाईं पनि कलेजबाट पेप्सीकोलास्थित घर फर्किएको प्रिन्सिपल अम्बादत्त जोशीले बताए । ‘कलेजकै गाडीमा घरतर्फ पठाएका थियौं । एक्कासि कलेज पोसाकमा नै मृत्यु भएको थाहा भएपछि के कसो भयो केही बुझ्न सकेका छैनौं,’ उनले भने । उनको शव यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)