वैदेशिक राेजगार सेवा शुल्क बढाउन व्यवसायीको माग
nagariknews.nagariknetwork.com · Thu Jun 04 03:12:06 GMT 2026

वैदेशिक रोजगार व्यवसायीहरूले वर्तमान ‘फ्रि भिसा, फ्रि टिकट’ नीति व्यावहारिक नभएको दाबी गर्दै सरकारसँग वैदेशिक रोजगार क्षेत्रमा व्यापक नीतिगत सुधारको माग गरेका छन् । म्यानपावर व्यवसायीहरूले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि वैदेशिक रोजगार अझै पनि अपरिहार्य रहेको उल्लेख गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई तथ्य र तथ्यांकका आधारमा स्पष्ट नीति निर्माण गर्न आग्रह गरेका हुन्।
म्यानपावर व्यवसायीहरूले सरकारको वर्तमान सेवा शुल्क व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। ‘सुदूरपश्चिम र कर्णालीका जिल्लाबाट काठमाडौं आउन मात्रै २० देखि ३० हजार रुपैयाँ खर्च हुन्छ’, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री भन्छन्, ‘जुम्लाका मान्छे काठमाडौं आउन २५/३० हजार लाग्छ भने सात समुद्रपारि रहेको देशमा काम गर्न पठाउन १० हजार रुपैयाँमा कसरी सम्भव हुन्छ?’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
इजरायल
बंगलादेश
काठमाडौँ