मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

किशोरकिशोरीमा रक्तअल्पता परीक्षण सुरु

gorkhapatraonline.com · Thu Jun 04 03:23:18 GMT 2026

बागलुङमा किशोरकिशोरीमा रक्तअल्पता परीक्षण सुरु गरिएको छ । रक्तअल्पताका कारण जटिल प्रकारका स्वास्थ्य समस्या निम्तिन सक्ने भन्दै बागलुङ नगरपालिका स्वास्थ्य शाखाले विद्यालयस्तरमा अध्ययनरत किशोरकिशोरीको स्वास्थ्य परीक्षण थालेको हो ।

बागलुङ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका करिब आठ हजार किशोरकिशोरीको रक्तअल्पता परीक्षण गर्न सुरु गरिएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु पौडेलले बताउनुभयो ।

पहिलो चरणमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको परीक्षण थालिएको उहाँले बताउनुभयो । पोषण प्रवर्द्धन, विपन्न परिवार स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत विद्यालय तहका किशोरकिशोरीको परीक्षण गरिएको हो । परीक्षणका क्रममा केही विद्यार्थीमा रक्तअल्पता देखिएको र उनीहरूको उपचारको समेत व्यवस्था मिलाइएको पौडेलले बताउनुभयो ।

“पहिलो चरणमा सामुदायिक विद्यालयका विद्यार्थीको परीक्षण हुनेछ,” उहाँले भन्नुभयो, “दोस्रो चरणमा सामुदायिक तथा विद्यालय बाहिर रहेका बालबालिकाको समेत परीक्षण गरिनेछ ।”

यसअघि पनि बागलुङ नगरपालिका भित्रका १४ वटै वडामा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाका लागि पोषण कार्यक्रम सञ्चालन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)