दिल्लीमाथि बेङ्ग्लोरको रोमाञ्चक जित
pahilopost.com · Sat Apr 16 18:01:58 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्समाथि रोमाञ्चक जित निकालेको छ। मुम्बइ स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले १६ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। बेङ्ग्लोरका लागि दिनेश कार्तिकले सर्वाधिक अविजित ६६ रन बनाउँदा ग्लेन म्याक्सवेलले ५५ रन बनाए। त्यस्तै, शहबाज अहमेदले अविजित ३२ रन बनाउँदा बिराट कोहली १२ रन बनाएर रनआउट हुन पुगे। दिल्लीका सार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदीप यादवले समान १ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)