चेन्नईसँग कोलकत्ता पराजित
thahakhabar.com
काठमाडौं : इंडियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो।
कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ दशलमः ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए। शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे। यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)