गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए
ekantipur.com · Sat Sep 13 18:01:27 GMT 2025

कैलाली — गौरव जोशी, धनगढी : सोमबार बिहान सुरु भएको जेन–जीको आन्दोलनले दिउँसोदेखि उग्ररूप लिन पुग्यो । दिनभर प्रहरीले चलाएको गोलीबाट १९ विद्यार्थीको मृत्युका खबर छ्याप्छ्याप्ती भइसकेका थिए । धनगढी उपमहागर–५ तारानगरकी सोनिया जोशीले राति ९ बजेतिर टिकटकमा काठमाडौंमा भएको आन्दोलनका भिडियो हेरिरहेकी थिइन् । यत्तिकैमा उनले एक युवालाई गोली लागेको भिडियो हेर्न पुगिन् ।
सोनिया त्यसै पनि त्रसित भइरहेकी थिइन्, तर जब एक जनाले कमेन्टमा गोली लाग्नेको फोटो पोस्ट गरे, तब उनी विछिप्त बन्न पुगिन् । उनको मुटुले ठाउँ छोड्यो । सोनियालाई विश्वास नै गर्न गाह्रो भयो, त्यो फोटो उनकै काका गौरव जोशीको थियो । अत्ताल्लिएर उनले काठमाडौंमा रहेका भाइ प्रवीनलाई फोन गरेर फोटो पठाइन् । रगतले लतपतिएको अनुहार प्रस्ट चिनिएको थिएन । प्रवीनले गौरवलाई कपडा र झोलाबाट चिने । गौरवले त्यो दिन प्रवीनसँगै किनेको कपडा लगाएका थिए । यत्तिकैमा अस्पतालमा मृत्यु भएका एक जनाको एटीएम कार्ड भेटिएको समाचार आयो । जसमा उही नाम थियो गौरव जोशी । सोनिया र प्रवीनले गौरवको मृत्यु भएको खबर तत्काल कसैलाई सुनाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)