तनहुँमा एम्बुलेन्स र मिनि ट्रक ठोक्किँदा सातजना घाइते
baahrakhari.com · Thu Jun 04 03:32:26 GMT 2026

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६, मनहरीमा बिहीबार (जेठ २१) बिहान एम्बुलेन्स र मिनि ट्रक एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनि ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किँदा सातजना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)