असहाय बालबालिकाका लागि तमानखोलामा बालगृह सञ्चालन
gorkhapatraonline.com · Thu Jun 04 03:40:11 GMT 2026

पश्चिम बागलुङको तमानखोला गाउँपालिकाले असहाय बालबालिकाका लागि बालगृह सञ्चालनमा ल्याएको छ । पालिकामा अलपत्र परेका, अभिभावकविहीन तथा अति विपन्नताका कारण विद्यालय जानबाट वञ्चित १८ जना बालबालिकाले बालगृहमा आश्रय लिएका छन् ।
तमानखोला गाउँपालिका–३ तमानगाउँमा तीन वटा घर भाडामा लिएर बालगृह सञ्चालन गरिएको छ । बालगृहमा बस्ने बालबालिकालाई धनगौज्योति माध्यमिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । बालगृहमा खाना पकाउने तथा बालबालिकाको स्याहारसुसारका लागि तीन जना कर्मचारीको व्यवस्था गाउँपालिकाले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)