सीता र रुबिनाको परिपक्क पारीले नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य
annapurnapost.com · Thu Jun 04 03:32:31 GMT 2026

काठमाडौं : एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गत नेपालले भुटानलाई ११४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। क्लालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा भुटानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित २० ओभरमा अल आउट हुँदै ११३ रन बनाएको हो।
नेपालले पावरप्लेमा ३ विकेटको क्षतिमा ३२ रन बनाएको थियो। नेपालले सुरुवाती विकेट सस्तैमा गुमाउँदा सीता राना मगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी बनाउँदै नेपालको पारी उकासेका थिए। ६७ रन बनाउँदा सात विकेट गुमाएको नेपालका लागि अनुभवी ब्याटरद्वय सीता र रुबिनाले केहीबेर नेपालको पारी सम्हाल्दै नेपाललाई १०० माथिको स्कोरमा पुर्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ