मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राघवको सगरमाथा आरोहणको वैधतामाथि प्रश्न

rajdhanidaily.com · Mon Apr 10 23:10:10 GMT 2023

काठमाडौं । भारतीय नागरिक राघव जोनेजाले गरेको सगरमाथा आरोहणको विषयमा प्रश्न उठेको छ । नेपालको कानुनअनुसार १६ वर्ष नै नपुगी हिमाल आरोहण गरेको र सगरमाथाको चुचुरोमै नपुगी हिमाल आरोहणको नाममा पर्यटन विभागले प्रमाणपत्र दिएको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ ।

सगरमाथा हिमाल आरोहणका नाममा सेभेन समिट ट्रेक्स प्रालिले सन् २०१३ मा भारतीय नागरिक राघवलाई हिमाल आरोहण नै नगराइ आरोहणको सक्कली प्रमाणपत्र दिलाएको भन्दै उजुरीसमेत परेको हो । सगरमाथा हिमाल आरोहण गरेको प्रमाणका रूपमा वेस क्याम्पमा बसेर खिचिएको फोटोलाई प्रमाणरूपमा पेस गरिएको भन्दै आरोहणको वैधतामाथि प्रश्न उठेको छ । हिमाल आरोहणमा नाममा हुने नक्कली कामको विषयमा पर्यटन बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राघवको हिमाल आरोहणका विषयमा छानबिन गर्न माग गर्दै सोमबार उजुरी परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)