नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयारः इप्पान
nagariknews.nagariknetwork.com · Sat Sep 13 08:26:10 GMT 2025

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ। जेन–जी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनु भएकोमा शुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो।
प्रधानन्यायाधीशनको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै इप्पानले हरेक क्षेत्रको लागि अत्यावश्यक मानिएको ऊर्जा क्षेत्रमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिन्छ भन्ने उच्च मनोबलमा साथ विभिन्न समस्या र चुनौतीहरूबीच लगानी गरिरहेका ऊर्जा उद्यमीहरूको लागि कार्कीको कार्यकाल स्वर्णिम हुने अपेक्षा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)