थारू भाषामा विद्यालय सञ्चालन
gorkhapatraonline.com · Thu Jun 04 03:48:45 GMT 2026

दाङ जिल्लामै पहिलो पटक थारू मातृभाषामा पठनपाठन हुने विद्यालय सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियास्थित एक आधारभूत विद्यालयमा शिशु कक्षादेखि कक्षा ४ सम्म थारू भाषामै अध्यापन सुरु गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक किरण चौधरीका अनुसार विद्यालयमा अध्ययनरत ७१ विद्यार्थीमध्ये ६७ जना थारू समुदायका छन् । उहाँले स्थानीय बालबालिकालाई मातृभाषामै शिक्षा दिने उद्देश्यले विद्यालयमा थारू भाषाबाट पठनपाठन सञ्चालन गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)