मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रिस र उत्तेजनाले मात्र देश चल्दैन, घृणाले समाधान आउँदैन :सभापति थापा

barnanmedia.com · Sat Feb 07 22:29:50 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेस विगतका उपलब्धि बोकेर तथा कमजोरी स्वीकार गर्दै अघि बढेको बताउनुभएको छ। गोकर्णश्वरमा सर्लाहीका मतदातासँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले गरेका राम्रा कामलाई निरन्तरता दिँदै त्रुटिहरू सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विगतमा भएका त्रुटीमा कसैलाई दाेष दिएर उम्कन नमिल्ने बताउनुभयाे । ‘हिजो जे जति खराब काम भए, त्यसका लागि म कसैलाई दोष दिन्नँ< म पनि त्यहीँ भित्र थिएँ,’ थापाले भन्नुभयो, ‘कुनै व्यक्ति वा पात्रलाई दोष दिएर मात्र समस्या समाधान हुँदैन, हामी एउटै समाजका सदस्य हौँ, एकले अर्कालाई दोष लगाएर अघि बढ्न सकिँदैन।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)