बुद्धिबहादुर दुई छोरा र बुढा बुबाका सहारा थिए
ekantipur.com · Sat Sep 13 18:20:03 GMT 2025

काठमाडौँ — बुद्धिबहादुर तामाङ : जेन—जी आन्दोलनमा सहादत प्राप्त गरेका ४२ वर्षीय बुद्धिबहादुर तामाङ पनि अग्रपंक्तिमै थिए । १४ र १७ वर्षे छोराहरूका बुवा उनी पनि भ्रष्ट नेताहरूले देश बिगारेको भन्दै आन्दोलनमा सहभागी भएका थिए । गोली लागेर भदौ २३ गते उनको मृत्यु भएको थियो ।
टिस्टुङ–पालुङ घर भएका मृतक तामाङ बुबा विष्णुबहादुर तामाङको बुढेसकालको सहारा पनि थिए । असल बानीव्यहोरा भएका उनको बौद्धमा क्याफे थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)