पेट्रोलभन्दा विद्युतीयबाट चल्ने ट्याक्सीको भाडा बढी !
gorkhapatraonline.com · Thu Jun 04 03:53:53 GMT 2026

। नयाँ बानेश्वर थापागाउँबाट नयाँ बसपार्क जानका लागि विद्युतीय ट्याक्सीले पाँच सय रुपियाँमा घटाएन तर सोही स्थानको पेट्रोलबाट चल्ने ट्याक्सीले ४५० मा लग्यो । विद्युतीय ट्याक्सीको भाडादर कम छ तर पेट्रोलबाट चल्नेको भन्दा महँगो बार्गेनिङ भइरहेको छ । भाडादर कम तोकिए पनि पेट्रोलबाटै चल्ने ट्याक्सीभन्दा बढी असुल्ने काम भइरहेको छ ।
त्यस्तै अनामनगरबाट नियमित उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज जाने गर्नुभएकी शुभद्रा कुँवरलाई विद्युतीय ट्याक्सी भाडाबारे थाहा छैन । विद्युतीय ट्याक्सीले पनि इन्धनकै बराबर भाडा लिइरहेकोबारे उहाँले भन्नुभयो, “नेटसेट चलाउँदिनँ, कति हो भनेर सोध्यो ४५० भन्छन् । विद्युतीयमा पनि उत्ति नै लिन्छन्, इन्धनवालामा पनि उही हो । कहिलेकाहीँ १०/२० रुपियाँमा फरक हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)