कोरला नाकाबाट ७५० विद्युतीय गाडी नियन्त्रणमा, कागजात परीक्षण गरिँदै
corporatenepal.com · Thu Jun 04 03:48:32 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमास्थित कोरला नाकामार्फत आयात गरिएका करिब ७५० वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । मुस्ताङबाट कास्कीतर्फ ल्याइँदै गरिएका ती गाडीहरूलाई विभिन्न स्थानमा रोकिएको सुरक्षा स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीका एक वरिष्ठ अधिकृतका अनुसार बजेट सार्वजनिक हुनुअघि नै ती सवारीसाधन नेपाल भित्रिएको सूचना प्राप्त भएपछि नेपाल प्रहरीसँग समन्वय गरी निगरानी बढाइएको थियो । त्यसक्रममा विभिन्न गन्तव्यतर्फ पठाइँदै गरेका गाडीहरू नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ
भन्सार विभाग
कोरला नाका