इङ्गल्यान्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश
barnanmedia.com · Sun Jun 28 00:34:49 GMT 2026
फिफा विश्वकप फुटबलमा इङ्गल्यान्ड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गए राति इङ्गल्यान्डले पानामालाई २–० गोल अन्तरले पराजित गर्यो ।
इङ्गल्यान्डको जितमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ह्यारी केनले ६७ औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे । त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गरी नकआउट चरणमा स्थान बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)