सानैदेखि निडर अनि हक्की थिए विनोद
ekantipur.com · Sat Sep 13 18:26:42 GMT 2025

काठमाडौँ — विनोद महर्जन,३५,पाटन दुपात टोल :‘भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नै पर्छ । अहिले नलडे कहिले लड्ने ? मरिहालेछु भने राज्यले घोषणा गरे सहिद भइन्छ, नभए लास । म मारिएछु भने गणतन्त्रको दियो निभ्न नदिनू । भ्रष्टचारविरुद्ध सधैं लागिरहनू,’ जेनजी आन्दोलनमा होमिनुअघि पाटन दुपात टोलका ३५ वर्षीय विनोद महर्जनले साथीभाइलाई भनेको अन्तिम वाक्य हो यो ।
विनोद थिए— सानैदेखि अन्याय सहन नसक्ने, निडर अनि बिहे गर्न पटक्कै नरुचाउने छुट्टै स्वभावका । उनी थिए— लप्पनछप्पन नजान्ने, कसैको आलोचना गर्नुपरे लुकिछिपी होइन सिधै गर्ने खालका । जोसँग पनि स्ट्रेट फर्वाड भएर कुराकानी गर्थे । मुलुकको व्यवस्था परिवर्तन गर्न युवाहरूले सशक्त आन्दोलन गर्नुपर्ने विचारधारा राख्थे । बाक्लो दाह्री–जुंगा र लामो कपाल देखेर अनौठो मान्नेहरू उनको कुरा सुनेर प्रभावित हुन्थे । यस्तै स्वभावले उनी समाजमा बेग्लै–बेग्लै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)