मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यथार्थपरक बजेट निर्माणमा प्रदेश सरकार

gorkhapatraonline.com · Thu Jun 04 03:56:12 GMT 2026

लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ । लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८३/८४ को बजेट निर्माणका लागि प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयहरूले योजना सङ्कलन गरिरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ३३ अर्ब रुपियाँ बराबरको बजेट ल्याउने तयारी अन्तर्गत मन्त्रालयहरूलाई योजना छनोटको सिलिङ पठाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बाँस्तोलाले सङ्घीय सरकारबाट प्राप्त बजेट सिलिङका आधारमा आगामी आव २०८३/८४ का लागि प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)