मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली प्रधानमन्त्री बनेको ४० दिनसम्म कोशी र गण्डकीमा किन बन्न सकेन कांग्रेस-एमाले सरकार?

barnanmedia.com · Wed Aug 21 22:11:09 UTC 2024

कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि एमाले एमाले अध्यक्ष केपी शर्मा ओली ३० असारमा प्रधानमन्त्री बने। ओली प्रधानमन्त्री भए लगत्तै केन्द्र सरकारले पूर्णता पायो। कांग्रेस र एमालेबीच सहकार्यसँगै प्रदेशमा सहजै बहुमत पुग्ने भएपछि धमाधम प्रदेशमा सरकार पुनर्गठन भए। मधेशमा जनमतको नेतृत्वमा कांग्रेस र एमाले सरकारमा छन्। बाँकी ६ प्रदेशमा कांग्रेस वा एमाले नेतृत्वमा सरकार छ। यीमध्ये चार प्रदेशमा त कांग्रेस र एमालेको संयुक्त सरकार छन्।

तर, ओली प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि कोशी र गण्डकी प्रदेशमा भने कांग्रेस र एमालेको सरकार बन्न सकेको छैन। कोशीमा एमाले नेता हिक्मत कार्की र गण्डकीमा कांग्रेस नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा सरकार छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)