अर्घाखाँचीमा स्कार्पियो गाडी दुर्घटना, दुई वडाध्यक्ष र चालक घाइते
barnanmedia.com · Wed Aug 21 22:18:00 UTC 2024

अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ घुम्ती नजिकै रिब्दीमा स्कार्पियो गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वडाध्यक्ष र चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठूलापोखराका वडाध्यक्ष कमल पौडेल र गुल्मी दरबार गाउँपालिकाका प्रवक्ता एवं वडा–७ का वडाध्यक्ष सालिकराम टण्डन घाइते भएका हुन्। घटनाको चालक हिमाल राना रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रतितसिंह राठोरले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)