कालोपत्रे सडक जीर्ण, धुलो र खाल्डाखुल्डीले यात्रु हैरान
gorkhapatraonline.com · Thu Jun 04 04:14:09 GMT 2026

सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियाबाट प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य लाइफलाइन सडकका रूपमा रहेको भीमदत्त राजमार्ग तथा त्यससँग जोडिएका दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र महाकाली राजमार्गका कालोपत्रे सडक उप्किएर जीर्ण बनेका छन् । धुलो र खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रु तथा सवारी साधनले हैरानी खेप्नु परेको छ ।
बैतडी–डडेलधुरा जोड्ने सडकखण्डको कालोपत्रे अधिकांश ठाउँमा उप्किसकेको छ । सडकखण्डमा सवारीका टायर गुड्ने भागको कालोपत्रे पूरै उप्किएर बीचमा मात्र धर्सा बाँकी देखिन्छ । यी सडक कुनै समय कालोपत्रे थिए भन्ने कुरा यिनै अवशेषबाट अनुमान गर्न सकिन्छ । अत्तरियाबाट पहाड जोड्ने सडकखण्डका विभिन्न स्थानमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेका छन् । धुलो उडेर सवारी साधन देख्नै मुस्किल हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)