मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

किश्चियानो रोनाल्डोले युट्युब च्यानल खोलेको ९० मिनेटमै पुगेकाे थियाे १० लाख सब्सक्राइबर

barnanmedia.com · Wed Aug 21 22:23:01 UTC 2024

स्टार फुटबलर किश्चियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् । बुधबार ३९ वर्षीय रोनाल्डोले’(ur Cristiano) ‘योर क्रिश्चियानोनामको आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएका हुन् । उनले च्यानल खोलेको ९० मिनेटमै करिब १० लाख सब्सक्राइबर पुगेका थिए ।

यो समाचार तयार पार्दासम्म रोनाल्डोको युट्युब च्यानलमा १८ ओटा भिडिओ र ३७ लाख ५० हजार बढी सब्सक्राइबर पुगेका छन् ।पोर्चुगलको राष्ट्रिय फुटबल टोली र साउदी अरेबियाको अल नासर फुटबल क्लबका कप्तान रहेका उनले युट्युब च्यानल नखोल्नु रहस्यको विषय भएको भन्दै चर्चा हुने गरेको थियो । विशेषगरी युट्युबमा ‘स्पोर्ट्स’ विधामा सबैभन्दा बढी हेरिएको भिडिओमा रोनाल्डोकै भिडिओ रहेको बताइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)