प्रेरक प्रसंग : ‘ब्ल्याक बेल्ट’को हकदार
nayapatrikadaily.com · Tue Apr 09 00:19:00 UTC 2024

मार्सल आर्टको लामो अभ्यासपछि एक युवकलाई ब्ल्याक बेल्टका लागि सिफारिस गरियो । ब्ल्याक बेल्ट वितरण समारोहमा बेल्ट लिन मञ्चमा पुग्दा मुख्य प्रशिक्षकले उनलाई सोधे– ब्ल्याक बेल्ट पाउनुअघि तिमीले थप एउटा परीक्षा दिनुपर्छ । के तिमी तयार छौ ? युवकले केही झुकेर जवाफ दिए– म तयार छु गुरु ! सायद कसैसँग भिडन्त गर्नुपर्ने होला भन्ने उनले सोचे । तर, मुख्य प्रशिक्षकको दिमागमा भने अर्थोकै चलिरहेको थियो । उनले युवकलाई सोधे– तिम्रा लागि ब्ल्याक बेल्ट प्राप्त गर्नुको वास्तविक अर्थ के हो ?
युवकले उत्तर दिए– यो मेरो यात्राको अन्त्य हो । मेरो कठोर परिश्रमको इनाम पनि हो यो बेल्ट । मुख्य प्रशिक्षक उनको उत्तरबाट सन्तुष्ट भएनन् । उनले भने– तिमी अहिले ब्ल्याक बेल्ट पाउन योग्य भइसकेका छैनौ । एक वर्षपछि फेरि आऊ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)