छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प
ratopati.com · Sat Sep 19 23:05:42 GMT 2026

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।
पहिरोका कारण कोरिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बिच बाटोमै रोकिएका छन्, सडकमा ठुला ठुला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताउनुभयो । आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बिच बाटोमै रोकिनुपरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)