अग्नि ग्रुपअन्तर्गतको बालाजु अटोको ऋण तिर्ने क्षमतामा बृद्धि, नौ महिनामा रु. ८२ करोड आम्दानी
corporatenepal.com · Sun Jul 19 09:38:04 GMT 2026

काठमाडौं । महिन्द्रा ब्रान्डका सवारी साधनको स्पेयर पार्ट्सको आधिकारिक बिक्रेता तथा आधिकारिक सर्भिस सेन्टर सञ्चालन गर्दै आएको बालाजु अटो वर्कस् बीएडब्लु प्रालिले ९ महिनामा ८२ करोड रूपियाँ आर्जन गरेको छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८२–८३ को ९ महिनामा उक्त आम्दानी गरेको हो । कम्पनीले २०२५ मा एक अर्ब पाँच करोड ७० लाख रुपियाँ आम्दानी गरेको थियो । यस्तै, २०२४ मा एक अर्ब आठ करोड ५० लाख, २०२३ मा एक अर्ब आठ करोड २० लाख, २०२२ मा एक अर्ब ४१ करोड ३० लाख र २०२१ मा एक अर्ब १० करोड रुपियाँको आय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)