महिला कर्मचारी अभावले बहिरा छात्रा आवासमा भर्ना रोकिए
gorkhapatraonline.com · Thu Jun 04 04:30:41 GMT 2026

सप्तरीको राजविराज नगरपालिका–६ मा रहेको बहिरा बालक विद्यालयमा महिला कर्मचारीको अभावका कारण बहिरा छात्राहरू अध्ययनबाट वञ्चित भएका छन् ।
२० जना बहिरा बालबालिका अध्ययनरत यस विद्यालयमा बालविकासदेखि कक्षा ६ सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा एक जना कार्यालय सहयोगीसहित चार जना शिक्षक–शिक्षिका कार्यरत छन् । तर राति आवासमा बस्ने महिला कर्मचारीको अभावका कारण छात्राहरू भर्ना भएर पढ्न नसक्ने अवस्था रहेको विद्यालयकी प्रधानाध्यापक चाँदनी यादवले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)