त्रिचन्द्रमा जोडिएको स्वार्थ
gorkhapatraonline.com · Mon Jul 11 00:48:03 GMT 2022
‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।’ अर्थात् पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन् । देवी स्तोत्रमा उल्लिखित संस्कृतको यो उक्ति २०७२ को गोरखा भूकम्पपछि जीर्ण अवस्थामा रहेको देशकै पहिलो उच्च शिक्षालय त्रिचन्द्र क्याम्पसको सन्दर्भमा ठ्याक्कै मेल खान्छ । मुलुकको शैक्षिक उन्नयनको धरोहर त्रिचन्द्रको संरक्षणप्रति जिम्मेवार निकायले न चासो देखाएको छ न त चिन्ता नै ।
यसै कलेजबाट दीक्षित राजा महेन्द्रदेखि पूर्वप्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट र गिरिजाप्रसाद कोइरालासहित बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुलसीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्लजस्ता प्रतिभा आज हामीबीच छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल यहीँबाट दीक्षित हुनुभएको हो । त्रिचन्द्रबाट दीक्षित यस्ता हजारौँ विद्यार्थी देश–विदेशमा महत्त्वपूर्ण जिम्मेवारीमा थिए र छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)