ढोरपाटनमा फस्टाउँदै होटेल तथा होमस्टे
gorkhapatraonline.com · Thu Jun 04 04:34:54 GMT 2026

ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन वृद्धि भएको छ । वार्षिक पाँच हजारका दरले पर्यटकको सङ्ख्या वृद्धि भएसँगै यहाँ होटेल तथा घरबास फस्टाउन थालेका छन् ।
नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रका रूपमा परिचित ढोरपाटन उपत्यकामा पछिल्लो समय निजी क्षेत्रको लगानीसमेत बढ्दै गएको छ । कुनै समय एउटा सामुदायिक होटेलका भरमा चलेको ढोरपाटनको पर्यटन व्यवसायमा पछिल्लो एक दशकयता ३९ वटा होटेल तथा घरबास थपिएका छन् । चर्चित पत्रकार तथा भिडियोग्राफर सिर्जना ओलीले समेत यसै वर्षदेखि होटेल सञ्चालनमा ल्याउने गरी पूर्वाधारको काम अगाडि बढाउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)