भक्तपुरको ख्वप्रिङ्ग स्कुलमा भीषण आगलागी, ५० लाख बराबरको क्षति
lokaantar.com

भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको छ ।
विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ । हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य शुरू गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)