हङकङमा ‘एभरेस्ट डे’सँगै मोःमो फेस्ट
annapurnapost.com · Thu Jun 04 04:28:46 GMT 2026

हङकङ : गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ र नेपाली महावाणिज्य दूतावासले संयुक्त रूपमा मे २९ का दिन एभरेस्ट दिवस मनाएका छन्। कार्यक्रममा वाणिज्यदूत सतीश गुरुङ, याउचिमोङ जिल्ला परिषद् सदस्यहरू, हङकङ विधान परिषद्का सदस्य भिन्सेन्ट चयाङ, एनआरएनए आईसीसीका सदस्यहरू, विद्यार्थी, व्यवसायी, स्थानीय चाइनिजलगायत विदेशी पाहुनाहरूको उपस्थिति थियो।
सन् १९५३ मेई २९ तारिकका दिन न्युजिल्यान्डका सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्कै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गरेका थिए। यही साहसिक कार्यको सम्मानस्वरूप हरेक वर्ष एभरेस्ट डे अर्थात् सगरमाथा दिवस मनाउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)